Rule 17
भन्सार कार्यालयले माग गरेको बैङ्क जमानतको रकम भुक्तानी गर्नु पर्ने
(१) भन्सार कार्यालयको पक्षमा जारी भएको बैङ्क जमानत बराबरको रकम सम्बन्धित भन्सार कार्यालयले माग गरेमा त्यस्तो बैङ्क जमानत जारी गर्ने बैङ्क वा वित्तीय संस्थाले पन्ध्र दिनभित्र सम्बन्धित भन्सार कार्यालयको नाममा भुक्तानी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भुक्तानी नगर्ने बैङ्क वा वित्तीय संस्थाबाट जारी भएको बैङ्क जमानत त्यस्तो भुक्तानी प्राप्त नभएसम्म भन्सार कार्यालयले स्वीकार गर्न हुदैन ।
(३) भन्सार कार्यालयको पक्षमा जारी गरिएको बैङ्क जमानत सम्बन्धित भन्सार कार्यालयबाट फुकुवा भएको लिखित जानकारी प्राप्त नभएसम्म बैङ्क जमानत जारी गर्ने बैङ्क तथा वित्तीय संस्थाले त्यस्तो बैङ्क जमानत बमोजिमको रकम सम्वन्धित भन्सार कार्यालयलाई बुझाउने दायित्वबाट उन्मुक्ति पाएको मानिने छैन ।